Skip to main content

Babai News

पूर्व विद्यार्थीले जोडिदिए बलभद्रमा सिसि क्यामारा

Advertisement

 

मेचीनगर । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा सिसि क्यामारा जडान गरिदिएका छन् । २०२६ सालमा स्थापना भएको यो विद्यालयमा २०८० सम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरुले उक्त सिसि क्यामारा जडान गरिदिएका हुन् । सुरक्षित समाजका लागि सिसि क्यामारा जडान अभियान नै सन्चालन गरेर २ लाख २९ हजार मुल्य बराबरको १४ वटा क्यामारा जडान गरेका हुन् । यस विद्यालयमा अध्ययन गरि अहिले बैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले उक्त रकम संकलन गरेका थिए । यसै विद्यालयमा रहेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको नेतृत्वमा उक्त अभियान सन्चालन गरिएको थियो ।
आइतवार विद्यालयले एक समारोहका विच मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले सिसि क्यामाराको औपचारिक उद्घाटन गर्नु भएको थियो । क्यामारा जडान सँगै यस विद्यालय तथा समाजको सुरक्षमा ठूलो सहयोग भएको बताइएको छ । धुलावारीदेखि इलामसम्म जोड््ने सडकमा यो नै पहिलो क्यामरा जडान भएको हो ।
दातालाई सम्मान
क्यामरा जडान अयिभानमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान गरिएको थियो । विदेशमा रहेर सहयोग गरेका उनीहरुले यस ठाउँमा भएका आफ्ना परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । दाताका बुबा आमा तथा श्रीमतीलाई सम्मान गरिएको थियो ।
यस अभियानका लागि मायादेवि बलम्पाकी, दिनेश शंकर, मेघनाथाथ थापा मगर, युवराज लुङ्गेली, सिमान्त थापा मगर, नविन थापा मगर, पवन बलम्पाकी मगर, रुपेश लुङ्गेली मगर टंक गुर्बाछान मगर, नरेन्द्र राना मगर, हेमन्त लुङ्गेली मगर, रोशन गुर्बाछान मगर, सुबित बलम्पाकी मगर, राजकुमार बलम्पाकी मगर, राकेश बलम्पाकी मगर, अम्बर बलम्पाकी मगर, राजेन्द्रकुमार थापा मगर, शिशिर ठाडा मगर, पेमा तामाङ, बिमल बुर्झा मगर, सन्तवीर तामाङ, प्रतिक लुङ्गेली, रामकुमार गोले तामाङ, बिशाल दास, जयविर राई, निशान गुर्बाछान मगर, बलबहादुर आले मगर, सरोज सुनारी मगर, हेमन्त बस्नेत, रक्षा जर्गा मगर, सोमबहादुर जर्गा मगर, यज्ञराज राना मगरलगायतको परिवारका सदस्यहरुालाई सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने दातालाई पनि सम्मान गरिएको थियो । जसमा मेची उद्योग बाणिज्य संघ का सदस्य सन्तोष खवास, बहुवन सामुदायिक वन, जागृति युवा समाज, डाँडागाउ कार्की गाउँ टोल विकास संस्था, धरधरे एकता समाज, जनहित समावेसी समाज, प्रेम ज्योति धिमाल समाज रहेका छन् । उनीहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
सबै शिक्षक सम्मानित

छिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर पविरवर्तन गर्नका लागि शिक्षकले खेलेको भूमिकालाई विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी समाजले सम्मान गरेको थियो । अन्य क्षेत्रमा उत्कृष्ट शिक्षक भनेर एक दुई जना शिक्षकलाई मात्र सम्मान गरिने भए पनि विद्यालयलाई राम्रो बनाउन सबै शिक्षकको उत्तिकै भूमिका रहेको बताउँदै समितिले १४ जना शिक्षक र २ कर्मचारीलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि होमनाथ भण्डारीले सम्मानको नौलो तर सन्देशमुलक सम्मान रहेको बताउनु भयो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष हर्कबहादुर बस्नेत, मेची उद्योग बाणिज्य सङघका सदस्य सन्तोष खवास, प्रमुख अतिथि भण्डारीले बोल्नु भएको थियो । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष चन्द्र दास, तिलविक्रम लुङ्गेली, मेघनाथ थापा मगर, राजेन्द्रकुमार थापा मगर, वर्तमान अध्यक्ष रामबहादुर थापा मगर, वडा सदस्य गीता पोखरेललगायतको सहभागिता रहेको थियो । प्रधानाध्यापक निरज पोखरेलले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक देबु बानियाँले गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...