Skip to main content

Babai News

डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका सेमिफाइनलमा

Advertisement

 

मङ्गलबारे फागुन ६ ।। डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा  फाकफोकथुम गाउँपालिकाले माई नगरपालिकालाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् माई नगरपालिकाका जर्सी नम्बर ९ हरि मगरले पहिलो हाफको एघारौँ मिनेटमा गरेको  प्रहार क्रस बार नजिकैबाट बाहिरियो त्यस्तै दोस्रो हाफको १९औँ मिनेटमा जर्सी नम्बर ९९ का सुवास नेम्बाङको प्रहारलाई भने फाकफोकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बुले बचाए।

फाकफोकथुम गाउँपालिकाका लागि जर्सी नम्बर ४ का भविन श्रेष्ठले केही अवसर पाएपनि गोल गर्न सकेनन् जर्सी नम्बर १२ का सन्देश लिम्बुको प्रहारलाई भने माई नगरपालिकाका गोलकिपर जमिन राईले उत्कृष्ट बचाउ गरिदिए। त्यसपछि खेल मा दुवै टोलीले गोल गर्न सकेनन्  निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो।

टाईब्रेकरमा फाकफोकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बु  नायक बने उनले माई नगरपालिकाका जर्सी नम्बर ७ का सुदीप मगरको प्रहारलाई  रोकेका थिए जर्सी नम्बर ५ का रोमन योगी र जर्सी नम्बर २२ का दिलहाङ लिम्बुले गोल गरे जर्सी नम्बर १७ का सुसन राईको प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएको थियो।

फाकफोकथुम गाउँपालिकाको तर्फबाट क्याप्टेन तारा फागो , विशेष राई सन्देश लिम्बु र संजोग थेगिमले गोल गरे   खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजेता फाकफुकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बु प्लेयर अफ द म्याच बन्दै ट्रफी र नगद ३००० प्राप्त  गरे

प्रतियोगिता अन्तर्गत भोलिबाट सेमिफाइनलका खेलहरू सुरु  हुनेछन्। पहिलो सेमिफाइनल खेलमा भोलि फागुन ७ गते सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकाको सामना गर्नेछ। दोस्रो सेमिफाइनल खेल फागुन ८ गते इलाम नगरपालिका र फाकफोकथुम गाउँपालिका बीच हुनेछ।

देउमाई स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख ११ हजार  हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार  प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...