Skip to main content

Babai News

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताउनुभएको छ। छैटौं मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताउनुभयो। अहिलेको राजनीति परिवर्तन विशेषत संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उहाले स्पष्ट गर्नुभयो। त्यसका लागि पार्टीले अपिल गर्दा लाखौं जनता काठमाडौमा लाखौं जनता सडकमा उत्रने बताउनुभयो। अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताउनुभयो । जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी ‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । प्रतिगामी तत्वहरु व्यवस्थामाथि धावा बोल्न खोज्दैछ्न भने भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’ अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिनुभयो । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियोे’– उहाँलेले भन्नुभयो– ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं । त्यहीअनुसार तामाङ, गुरुङ, थारु र मगर मोर्चाको सम्मेलन गरेका छौं भने बाँकी मोर्चाको भेला सम्मेलन गर्दै जाने छौं ।’ हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उहाँले मगर समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । प्रथम सहिद लखन थापा मगरदेखि जनयुद्धका महान सहिद तेजमान घर्ती, ललि रोका, कुमारी बुढा लगायत मगर समुदायका हजारौं छोराछोरीले देशको परिवर्तनका लागि रगत बगाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ज्यूँदै आँखा निकाएर जलाउँदा पनि आत्मसमर्पण नगरेका मगर यौद्वाहरुको ऐतिहासिक बलिदान रहेको बताउनुभयो। यही बलिदान र बलिदानको बलमा स्थापित गणतन्त्रले महिला, जनजाति, मधेसी लगायत उत्पीडित समुदायबाट राष्ट्रपति र सभामुख जस्ता उच्च पद प्राप्त गर्ने अवसर आएको उल्लेख गर्दै उहाँले अब परिवर्तनको रक्षाका लागि पनि उत्पीडित वर्ग नै अगाडि आउनुपर्ने बताउनुभयो।

Advertisement

बर्दिया ।

बर्दियाको सदरमुकाम गुलरिया बजारबाट बिहीबार आयोजित मोटरसाइकल र्‍यालीमा करिब ५ सय मोटरसाइकल र हजारौं नागरिकहरूको सहभहगिता रहेको छन् । र्‍यालीले गुलरिया नगरक्षेत्रको ७ किलोमिटर दूरीमा परिक्रमा गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि नारा समेत लगाइएको हो।

प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणाको विशेष उपस्थितिमा सम्पन्न यस र्‍यालीमा हजारौंको संख्यामा जनसहभागिता रहेको थियो । नागरिक अभियन्ता कमलराज पौडेल देवकमलका अनुसार, यो र्‍याली राजसंस्था र हिन्दू राष्ट्रप्रति जनताको चासो र समर्थन बढ्दै गएको संकेत हो। र्‍यालीपश्चात आयोजित कोणसभामा वक्ताहरूले राष्ट्रिय एकता र धार्मिक पहिचान जोगाउन राजसंस्था आवश्यक रहेको धारणा राखेका थिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...