Skip to main content

Babai News

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु।

Advertisement
दाङ ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गर्नु भएको हो । कोहोलपुर मेडिकल कलेजमा लामो समय काम गर्नु भएकि अनुभबी, दक्ष चिकित्सक शर्माको प्रतिष्ठानमा १३ नम्बरमा न्युरो ओपिडि सन्चालनमा रहेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबकोरुपमा बिकास गर्नुपर्नेमा जोड दिनु भयो । दाङको स्वास्थ्य क्षेत्रको बिकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्बाधारदेखि सेवा बिस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि  क्याथेल्याब मेसिन पनि ल्याउने तयारी भइरहेको र मेसिन आउना साथ मुटु रोग विशेषज्ञ पनि ल्याएर सेवालाई थप मजबुत बनाईने बताउनु भयो ।
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...