Skip to main content

Babai News

विप्लवले सुरु गरे जनजागरण अभियान ।

Advertisement

बाँके।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण बस्तीमा जनजागरण अभियानमा आइतबार देखी सुरु गरेका छन् । विप्लवले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहर्‍याई रहेका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् ।

महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिएका छन् । साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकास जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनको भनाइ छ  ।

यसै क्रममा, महासचिव विप्लवको झापा भ्रमणले पार्टीको अग्रगामी आन्दोलनलाई बलियो बनाउन महत्त्वपूर्ण मानिएको बताए । नेकपाका झापा जिल्ला इन्चार्ज सुमनसिंह सीका अनुसार यो भ्रमणले झापालाई देशको राजनीतिक निकाससँग जोड्ने रणनीति निर्माणमा सहयोग गर्नेछ । महासचिव विप्लवको यो भ्रमणले झापा मात्र नभई समग्र देशको राजनीतिक परिदृश्यमा प्रभाव पार्ने विश्लेषकहरूको अनुमान छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...