Babai News

नेपालको कम्युनिटी होमस्टे नेटवर्क, टाइम म्यागजिनको उत्कृष्ट गन्तव्य सूचीमा ।

Advertisement

बाँके।
नेपालको पर्यटन उद्योगले एक नयाँ सफलता हासिल गरेको छ। अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले नेपालको ‘कम्युनिटी होमस्टे नेटवर्क’लाई २०२५ को उत्कृष्ट गन्तव्यहरूको सूचीमा ४२ औं स्थानमा र एसियामा ७ औं स्थानमा समावेश गरेको छ। यसले नेपालको होमस्टे व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिएको छ र देशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ।

होमस्टे व्यवसायले सस्तो, सरल र सांस्कृतिक रूपमा समृद्ध अनुभव प्रदान गर्दै पर्यटकलाई नेपालका ग्रामीण जीवनसँग सञ्जाल जोडेको छ। यो व्यवसायले स्थानीय संस्कृतिको संरक्षण र दिगो पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको छ। नेपालका १८ समुदायमा २ सय भन्दा बढी होमस्टे सञ्चालनमा छन्, जसको माध्यमबाट स्थानीय समुदायसँग गहिरो सम्बन्ध र मित्रता स्थापित गर्न सकिन्छ।

यस नेटवर्कको एक मुख्य उद्देश्य भनेको पर्यटकलाई नेपाली संस्कृति र परम्परामा गहिरो संलग्नता दिलाउनु हो। पनौती होमस्टे संचालिका मिना कोइरालाले आफूलाई एक स्वावलम्बी महिला पर्यटन प्रस्तुतिका रूपमा चिनाउने काम गरिरहेकी छिन्, जसले पर्यटकलाई नेपाली मौलिक शैलीमा स्वागत गर्ने गर्थिन्।

कम्युनिटी होमस्टे नेटवर्कको यत्रा थप सफल भएको छ, र यो नेपालका अन्य पर्यटकीय गन्तव्यहरूमा पनि नयाँ सम्भावनाहरू सृजना गर्दै अघि बढिरहेको छ। यसको प्रभावले नेपालको पर्यटन उद्योगलाई अझ समृद्ध र दिगो बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...