Skip to main content

Babai News

पद्मकन्या क्याम्पसमा प्रजिना नेतृत्व अखिल समाजवादी र अनेरास्ववियूको संयुक्त प्यानल ।

Advertisement

काठमाडौ ।
काठमाडौँको पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचनमा विप्लव नेतृत्त्वकाे नेकपा निकट अखिल समाजवादी र नेकपा एकीकृत निकट अनेरास्ववियूले संयुक्त रुपमा प्रतिस्पर्धा गर्ने भएका छन्। यो गठबन्धनबाट सभापतिमा प्रजिना दर्नाल उम्मेदवार बनेकी छन्। चैत ७ गते हुने निर्वाचनमा अखिल समाजवादी र अनेरास्ववियूको संयुक्त टोलिले ‘नयाँ सोच नयाँ गति-भोट फर अनेरास्ववियू र समाजवादी’ भन्ने नारासहित चुनावी प्रचार प्रसार गरिरहेका छन्।

Advertisement

दर्नालले क्याम्पसको वर्तमान स्थिति सुधार गर्नका लागि नेविसंघ र अन्य विद्यार्थी संगठनका कारण पिके क्याम्पसको स्थिति दिनानुदिन ओरालो लागिरहेको आरोप लगाइन्। उनले भनिन्, “परिवर्तनको निम्ति पीके क्याम्पसमा सही नेतृत्व र विचार जरुरी भएकोले हाम्रो टिमलाई विद्यार्थीले जिताउनेछन्।”

उनको प्यानलमा सचिवमा अरुणा गौतम, कोषाध्यक्षमा आयुष्मा पण्डित क्षेत्री, प्रत्यक्ष सदस्यहरुमा भूमिका चुनारा, अनुपमा आचार्य, कजिना ढकाल, प्रियंका नापित, सर्मिला कुमारी बुढा, समानुपातिक सदस्यहरुमा प्रेमिता बाँनिया, सल्मा महर्जन, एैलिना आचार्य, बबिता बिष्ट, रुपा नेपाली र श्रीया अधिकारी रहेका छन्।

यो प्यानलले क्याम्पस भित्रका विकृति अन्त्य गर्न, स्ववियुलाई विद्यार्थीको सेवा गर्ने संस्थाको रुपमा विकास गर्न, क्याम्पसको शिक्षा र प्रशासनको स्तरवृद्धि गर्न, रोजगारी र उत्पादनका कार्यलाई अघि बढाउन, इमान्दारिता लागू गर्न र विज्ञान प्रविधि क्षेत्रमा नयाँ परियोजनासहितका १५ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...