Skip to main content

Babai News

अंग्रेजी प्रश्नपत्र आउट, निजी विद्यालयको सेटिङमा प्रहरी प्रशासनको संलग्नता।

Advertisement

अंग्रेजी प्रश्नपत्र आउट, निजी विद्यालयको सेटिङमा प्रहरी प्रशासनको संलग्नता।

सिरहा।
आजको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिनको अंग्रेजी विषयको प्रश्नपत्र सिरहाको लहान नगरपालिका, १९ सोनमती गाढा, जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट बाहिरिएको पुष्टि भएको छ। परीक्षा शुरु भएको २० मिनेटमा प्रश्नपत्र बाहिर जानु गम्भीर समस्या बनेको छ।

स्थानीय स्रोतका अनुसार, प्रश्नपत्रको आउटिङ्गमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको संलग्नता रहेको छ। जहाँ मोबाइलको प्रयोग गरेर प्रश्नपत्र बाहिरिएको भनिएको छ। यसको प्रमाणस्वरूप केही व्यक्तिहरुले मोबाइलको माध्यमबाट प्रश्नपत्र बाहिर पठाएको आरोप लागेको छ।

यस घटनाबारे जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एसईईको मर्यादित सञ्चालनका लागि ५० जना डेडिकेटेड व्यक्तिहरूको टोली खटाएका थिए। उनले भने, “पात समेत हल्लिन दिएको छैन, प्रश्नपत्र कसरी बाहिरिएको छ भन्ने बारे अनुसन्धान भइरहेको छ, र त्यसको स्रोत पत्ता लागेमा कडा कारबाही हुनेछ।”

यस वर्ष परीक्षा केन्द्रमा मोबाइल तथा अन्य चिटिङ सामग्रीको प्रयोगमा कडाइ गरिएको भएता पनि, प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र परीक्षा केन्द्रका अधिकारीहरूको संलग्नता भएको आरोप स्थानियले लगाएका छन्। जिल्लामा ५० वटा परीक्षा केन्द्रमा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...