Skip to main content

Babai News

नेपाल र भुटान बीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र अनुभव आदान-प्रदान

Advertisement

बर्दिया,

 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा क्षेत्रको विकास र आपसी सहयोग सुदृढ गर्ने उद्देश्यले छलफल भएको छ। भेटमा, अध्यक्ष ओझाले नेपाल र भुटानको बीमा क्षेत्रमा विद्यमान अवस्था, नेपालले लागू गरेको जोखिममा आधारित पूँजी र जोखिममा आधारित सुपरीवेक्षणका विषयमा जानकारी दिए। उनले पुनर्बीमा सम्बन्धी नेपालका अनुभवहरू र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि नेपाल तयार रहेको बताए।

उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले हासिल गरेका ज्ञान र अनुभव भुटानको बीमा क्षेत्रमा पनि लाभकारी हुने विश्वास व्यक्त गरे। साथै, उनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ गर्न प्रतिवद्धता जनाए। यस छलफलको परिणामस्वरूप, दुवै पक्षले भविष्यमा आपसी सहयोग र बीमा क्षेत्रमा नयाँ अभ्यासहरू साझा गर्ने प्रतिबद्धता जनाएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...