Skip to main content

Babai News

मधेस प्रदेशमा सिँचाइ संकट र चुरेक्षेत्रको विनाशका कारण समस्या: सरकारी नीतिमा दोहोरो रवैया

Advertisement

 

जनकपुर, 

मधेस प्रदेशमा सिँचाइ समस्या बढ्नका पछाडि सरकारको दोहोरो नीतिका कारण चुरेक्षेत्रको विनाशको आरोप लागेको छ। यसबारे जानकारी दिन आज जनकपुरधाममा आयोजित ‘भूमिगत जलको दिगो विकास र व्यवस्थापनका लागि चुनौती र अवसरहरू’ विषयको गोष्ठीमा सरोकारवालाले कुरा राखेका थिए।

मधेस सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले सङ्घीय सरकारको नीति र योजनामा चुरेक्षेत्रको संरक्षण र भूमिगत जल विकासको दृष्टिकोणमा अनियमतता देखिएको बताउनुभयो। मन्त्री यादवले भूमिगत जल संकटको प्रमुख कारण चुरे वनजङ्गलको विनाश, गिट्टी र बालुवा उत्खनन र भूमिगत जलको अत्यधिक दोहन रहेको आरोप लगाउनुभयो।

“संघीय सरकारले एकातिर चुरेको वनजङ्गल विनाशको नियन्त्रणका लागि करोडौँ खर्च गर्दैछ भने अर्को तिर सडक र बस्ती विकासका नाममा विनाशलाई प्रोत्साहन दिइरहेको छ,” मन्त्री यादवको भनाइ थियो। उनले भूमिगत जलको स्तर पुनः वृद्धि गर्नको लागि जलाशयको रिचार्ज गर्न अत्यन्त महत्वपूर्ण रहेको जोड दिएका छन्।

त्यसैगरी, गोष्ठीमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका निमित्त सचिव रामकुमार खङ्गले प्रदेश सरकारले सिँचाइको विकासमा योजनाबद्ध र व्यवस्थापकीय दृष्टिकोणमा काम गरिरहेको जानकारी दिए।

मन्त्री यादवले थपे, “अब हामीले मधेस प्रदेशका पानीका चुनौती र समस्याहरूलाई सम्बोधन गर्न सरकारी निकाय, समुदाय, अनुसन्धान समूह र नागरिक समाजबीच सहकार्य र साझेदारी गर्नुपर्ने आवश्यकता छ।”

यससँगै, सिँचाइ र जल प्रबन्धनका क्षेत्रका विभिन्न सरोकारवालाले समन्वयको महत्त्वलाई औंल्याउँदै समस्याको दीर्घकालीन समाधानको लागि साझा योजना बनाउन आह्वान गरे।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...