Skip to main content

Babai News

आइपिएल २०२५ आजदेखि सुरु, पहिलो खेल केकेआर र आरसिबी बीच।

Advertisement

 

बाँके।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) बीच हुनेछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

यस सिजनमा केकेआरको कप्तानी अजिंक्य रहाणेले गर्नेछन्, जबकि आरसिबीले पहिलो पटक कप्तानको जिम्मेवारी रजत पाटिदारलाई दिइएको छ। यो सिजन आइपिएलको १६औं संस्करण हो, जसमा १० टोली सहभागिता जनाउँदै ७४ खेल हुनेछन्।

आइपिएलको पहिलो डबल हेडर आइतवार हुनेछ। पहिलो खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच हुनेछ। साँझको खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच चेपक रंगशालामा प्रतिस्पर्धा गर्नेछन्।

सिजनको फाइनल मेला मे २५ मा इडेन गार्डेन्समा हुनेछ। आइपिएलको यस सिजनमा होम एन्ड अवेका आधारमा ७४ खेल हुनेछन्।

यस पटकका नयाँ कप्तानहरूको भूमिका, खेलाडीहरूको प्रदर्शन र प्रतिस्पर्धी टोलीहरूको खेल प्रदर्शनलाई ध्यानमा राख्दै क्रिकेट प्रेमीहरू यस संस्करणमा ठूलो अपेक्षाका साथ रहेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...