बाँके।
नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टलाई विद्युत् खपतको बक्यौता रकम तिर्ने चेतावनी दिएपछि, यी दुई उद्योगहरूले क्रमशः पहिलो र दोस्रो किस्ता बुझाएका छन्। लक्ष्मी स्टीलले २३ करोड ७९ लाख रुपैयाँ बक्यौता रकममध्ये ८४ लाख ९८ हजार रुपैयाँ तिर्ने पहिलो किस्ता शुक्रबार बुझाएको छ। यसले २८ किस्तामा बक्यौता रकम तिर्ने योजना बनाएको छ। अर्को तर्फ, सर्वोत्तम सिमेन्टले ११ करोड ९६ लाख रुपैयाँको बक्यौता रकममध्ये दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको छ।





