Skip to main content

Babai News

`नेताहरूको अवसरवादी प्रवृत्तिले लोकतान्त्रिक गणतन्त्रको बदनामी।´ झलनाथ खनाल

Advertisement

काठमाडौँ,

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तामा पुगेका नेताहरूको विकृत र अवसरवादी प्रवृत्तिका कारण लोकतान्त्रिक गणतन्त्रको प्रतिष्ठामा धक्का लागेको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले २०६२/०६३ को जनआन्दोलनले आम नागरिकको जीवनस्तर उकास्ने, देशमा उद्योगधन्दा स्थापना गरेर रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको स्मरण गराए। उनले भने, “क्रान्तिमार्फत जनताले जुन सपना देखेका थिए, त्यसलाई सत्तामा पुगेकाहरूले कहिल्यै पनि वास्ता गरेनन्। अहिले त्यसको परिणाम देशले भोगिरहेको छ।”

खनालले वर्तमानमा दलाल पुँजीपतिहरूको प्रभाव बढेको र कमिसनको खेलमा नेताहरूको संलग्नता रहेको जिकिर गरे। उनले भने, “कम्युनिस्ट पार्टीको नाम राखे पनि दलाल पुँजीपतिहरूका दलाली गर्ने बाहेक अरू केही छैन।”

उनले सत्तामा पुगेकाहरूको नीतिहीनता र अकर्मण्यताका कारण प्रतिगामी शक्तिहरूलाई पुनः सक्रिय हुने अवसर मिलेको भन्दै अब समय न गुमाई प्रतिगमनकारी प्रवृत्तिलाई परास्त गर्नुपर्ने आह्वान गरे।

खनालले थपे, “हामीले गणतन्त्र ल्याएको दलाल पुँजीपति वर्गको सेवा र निर्देशनमा चल्न होइन, श्रमिक, किसान र आम जनताको हितमा काम गर्न हो।”

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...