Skip to main content

Babai News

महाअभियोग लागेका राष्ट्रपति हान डक सुलाई पुनर्बहाली ।

Advertisement

बाँके

दक्षिण कोरियाली संवैधानिक अदालतले सोमबार महाभियोग लगाइएका कार्यवाहक राष्ट्रपति हान डक सुलाई पदमा पुनर्बहाली गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, संसद्ले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपति हान डक सु अहिले पदमा फर्किएका हुन्।

गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएको थियो। त्यसपछि, प्रधानमन्त्री रहेका हान डक सु कार्यवाहक राष्ट्रपति बनेका थिए। तर, राष्ट्रपति योलविरुद्धको महाभियोगको प्रक्रिया अदालतमा अघि बढाउन रोकेपछि उनलाई पनि संसद्ले महाभियोग लगाएको थियो।

सोमबार, संवैधानिक अदालतका बहुमत न्यायाधीशहरूले महाभियोग प्रस्ताव अस्वीकृत गरेपछि हान कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा फर्किएका हुन्। अदालतले हानको पदमा पुनर्बहाली गरेपछि उनले धन्यवाद ज्ञापन गर्दै भने, “निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनत गरेका छन्, र अब हामी सँगै काम गरेर दक्षिण कोरियालाई विकासको मार्गमा अघि बढाउनेछौं।”

राष्ट्रपति युन सुक योलको महाभियोग भने अझै संवैधानिक अदालतमा विचाराधीन रहेको छ, र यसबारे निर्णय केही दिन भित्र आउने अपेक्षा गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...