Skip to main content

Babai News

घोराहीमा आगलागी, साङ्ग्रिला प्लाई उद्योगमा करोडौँको क्षति।

Advertisement

दाङ।
घोराही उपमहानगरपालिका वडा नम्बर ९ स्थित खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको छ, जसका कारण उद्योगमा करोडौँ रुपैयाँको क्षति भएको छ। प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा फैलिएको सो उद्योगमा आगलागीका कारण नजिकका ३० भन्दा बढी घरलाई जोखिम परेको छ।

आगलागीको समयमा ती घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ, र उनका सामान बाहिर निकाल्ने प्रक्रिया जारी छ। आगलागीबाट प्लाई बनाउने काठ, कच्चा पदार्थ र मेसिनजस्ता सामग्रीहरू नष्ट भएका छन्।

घटनाको जानकारीपछि, दमकलका २ वटा टिम र प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, र स्थानीयवासीहरूले रातभरि मिलेर आगो निभाउने प्रयास गरिरहेका छन्। अहिले पनि आगो पूर्ण रूपमा निभाउन सकिएको छैन।

दमकलका अतिरिक्त, घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट आगो निभाउने कार्यमा सहयोगको लागि थप दमकल ल्याइएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...