Skip to main content

Babai News

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण।

Advertisement

बाँके। बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सोमबारबाट सुरु भएको छ। औद्योगिक क्षेत्रको काम सुरुगर्न बैजनाथ गाउँपालिकामा भएको सर्वपक्षीय छलफल पछि सोमबारदेखि निर्माण कार्य शुरु गरिएको हो।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहका अनुसार प्रशासन, जनप्रतिनिधि, औद्योगिक क्षेत्र र स्थानीयसहितको सहमतिमा निर्माणको काम अघि बढाइएको छ। यद्यपि, स्थानीयका केही विरोधका बाबजुद पनि निर्माण कार्यलाई तीव्रता दिइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय छलफलपछि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सोमबारबाट काम अघि बढाउन निर्देशन दिएका थिए।

नौबस्ता औद्योगिक क्षेत्र निर्माणको लागि तीन सय ३८ बिगाह क्षेत्र छुट्याइएको छ, जहाँ दुई सय ६८ वटा घरधुरीको बसोबास छ। औद्योगिक क्षेत्र निर्माणमा स्थानीयले विरोध जनाउँदै आएका छन्, तर अब निर्माण कार्य तीव्रता लिएको छ। पहिलो चरणमा घरधुरीलाई कुनै प्रभाव नपर्नेगरी सडक निर्माण र घेरबारको काम अघि बढाउने योजना रहेको छ।

यस औद्योगिक क्षेत्रको डीपीआर अनुसार यहाँ तीन सय उद्योग स्थापनाको लक्ष्य राखिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धकका अनुसार २०७७–७८ आर्थिक वर्षदेखि यस क्षेत्रको निर्माण कार्य अघि बढाउने लक्ष्य तोकिएको थियो, तर हालसम्म डीपीआर बाहेक अन्य कार्य अगाडि बढ्न सकेको छैन।

औद्योगिक क्षेत्र निर्माणका लागि संरचनाहरू बनाउने, उद्योग दर्ता, कर कार्यालय र भन्सार कार्यालय स्थापना गर्ने योजना रहेको छ। यस क्षेत्रको स्थापना पछि तीन सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरूले आशयपत्र दर्ता गरिसकेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...