Skip to main content

Babai News

इरान फिफा विश्वकप २०२६ मा छनोट।

Advertisement

काठमाडौँ।
इरानले फिफा विश्वकप २०२६ को लागि आफ्नो स्थान सुनिश्चित गरेको छ। उज्वेकिस्तानसँगको २-२ को बराबरी खेलपछि इरानले समूह ‘ए’ मा शीर्ष स्थानमा पुगेर आगामी विश्वकपमा स्थान पक्का गरेको हो।

उज्वेकिस्तानको घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गर्दै टोलीलाई खेलमा फर्काए। खेलको १६औं मिनेटमा उज्वेकिस्तानका खोजिमत एर्किनोभले गोल गर्दै अग्रता दिलाए, भने इरानका तारेमीले ५२ औं मिनेटमा गोल गर्दै बराबरी बनाएका थिए।

यसपछि, उज्वेकिस्तानका एब्बोस्बेक फेजुलेभले ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए। तर, तारेमीले ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इरानलाई बराबरी दिलाए र अन्ततः आवश्यक अंक जोडेर विश्वकपमा स्थान सुनिश्चित गरे।

समूह ‘ए’ मा इरानले २० अंकसहित शीर्ष स्थान कब्जा गरेको छ, भने उज्वेकिस्तानले १७ अंकसहित दोस्रो स्थानमा रहेको छ।

यसअघि, हाङझोउमा भएको समूह ‘सी’ को खेलमा अस्ट्रेलियाले चीनलाई २-० ले पराजित गर्दै विश्वकपका लागि स्थान सुरक्षित गर्ने दिशामा अघि बढेको छ। सन् २००२ पछि चीनले विश्वकपमा स्थान बनाउन सकेको छैन।

अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा ४८ टोलीहरूको सहभागिता रहनेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...