Skip to main content

Babai News

घिसिङको बर्खास्तीलाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध ।

Advertisement

 

बाँके।
नेपालमा प्रतिनिधि सभा बैठक बुधबार स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका दलहरूले बैठक अवरुद्ध गरेका हुन् । यसअघि बैठकमा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा संसद चल्न नदिने चेतावनी दिएका थिए।

बस्नेतको सम्बोधनपछि माओवादी, रास्वपा, राप्रपा लगायतका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सांसदहरूलाई बस्न आग्रह गर्दा पनि विपक्षी दलहरूले अवरोध कायम राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको जानकारी दिए।

यसअघि सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले सरकारको निर्णयलाई असंवैधानिक मान्दै घिसिङको बर्खास्तीको विरोध गर्ने निर्णय गरेको थियो। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले देशको हितका लागि उत्कृष्ट काम गर्ने कर्मचारीलाई जबरजस्ती हटाउने कदमको प्रतिकार गर्ने बताए।

माओवादी अध्यक्ष प्रचण्डले केही दिनअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा केवल संक्रमणकालीन न्यायसम्बन्धी विषयमा मात्रै छलफल भएको र घिसिङको बर्खास्तीको विषयमा कुनै कुरा नभएको जानकारी दिएका थिए।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो, जसको विरोध प्रमुख विपक्षी दलहरूले जारी राखेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...