Skip to main content

Babai News

°शान्ति प्रक्रिया सफल पार्न सरकार प्रतिबद्ध। ´प्रधानमन्त्री ओलि।

Advertisement

बाँके

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शान्ति प्रक्रिया टुंग्याउन र पीडितको घाउमा मल्हम लगाउन लागि परेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा उनले नेपालले शान्ति प्रक्रिया आफैं शुरु गरेको र अघि बढाएको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले भने, “हामीले आफैं शान्ति प्रक्रिया शुरु गरेका छौँ, र यसलाई सफल पार्न चाहन्छौँ। मलाई श्रेयको कुनै आवश्यकता छैन, म शान्ति प्रक्रियालाई सफल बनाउन मात्र चाहन्छु।” उनले पीडितलाई न्याय दिन र शान्ति स्थापना गर्न राजनीतिक दलहरूको समझदारी आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले तीन प्रमुख दलका नेताहरूसँगको समझदारीका आधारमा शान्ति प्रक्रिया अघि बढाउनका लागि आह्वान गर्दै भने, “तीन दलले संकल्प गरे भने शान्ति प्रक्रिया टुंग्याउन धेरै समय नलाग्नेछ।”

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूबीच समझदारीको आवश्यकता रहेको उनले बताए।

प्रधानमन्त्री ओलीले माओवादी द्वन्द्वका समयमा नेपालले ठूलो हिंसा भोगेको र त्यो हिंसा आज पनि सम्झनु पर्ने कुरा होइन भनेर प्रश्न उठाए। “हामीले आफ्नो गल्तीलाई स्वीकारेर मात्र आगामी दिनमा शान्ति स्थापना गर्न सक्छौं,” उनले भने।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको सफलतामा विश्वास राख्दै पीडितका आँसु पुछ्ने र न्याय दिनका लागि प्रतिबद्ध रहेको बताए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...