Skip to main content

Babai News

दुर्गा प्रसाईंलाई बनाइयो जनकमाण्डर।

Advertisement

 

काठमाडौँ।
राजतन्त्र पुनर्स्थापना अभियानलाई थप सशक्त बनाउनका लागि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले दुर्गा प्रसाईंलाई जनकमाण्डर नियुक्त गरेको छ। संयोजक नवराज सुवेदीले यस निर्णयको जानकारी दिँदै आगामी आन्दोलनका लागि नयाँ नेतृत्वको घोषणा गरेका छन् ।

समिति अनुसार, दुर्गा प्रसाईंलाई जनकमाण्डरको जिम्मेवारी दिइएको हो, जसले आगामी आन्दोलनलाई परिचालन गर्नेछन्। यसैगरी, समिति अगाडि बढाउने कार्यका लागि १ हजार १ सय ११ सदस्यीय ‘आन्दोलन परिचालन समिति’ पनि गठन गरिएको छ, जसको नेतृत्व सांसद डा. धवल शमशेर राणाले गर्नेछन्।

समिति संयोजक नवराज सुवेदीले जनाएका छन् कि राजतन्त्रको पुनर्स्थापना, संवैधानिक राजसंस्थाको स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना र सङ्घीयता खारेजीका लागि यो आन्दोलन शुरू गरिएको हो। उनले यस आन्दोलनलाई संविधानमा आवश्यक सुधार गर्दै देशमा न्यायपूर्ण शासन प्रणालीको स्थापनाका लागि अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

यस्तै, समिति भित्र ‘नेपाल ऋषी’ डा. जगमान गुरुङ्गको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ, जसले आन्दोलनलाई मार्गदर्शन र समर्थन गर्नेछन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...