Babai News

नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को रेनु दाहालले गरिन् उद्घाटन।

Advertisement

 

चितवन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबारदेखि सुरु भएको नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१को उद्घाटन गर्नुभएको छ। चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजित भव्य समारोहमा प्रमुख अतिथिको रुपमा रेनु दाहालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो।

प्रदर्शनीमा औद्योगिक मेशिनरी, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, हस्तकला, मेशिनरी, लघु र मझौला उद्योगका उत्पादनहरूसँगै विभिन्न बैंक, व्यवसायिक परामर्शदाता र निर्यातजन्य उत्पादनका स्टलहरु पनि राखिएका छन्। यस प्रदर्शनीमा करिब सयभन्दा बढी स्टलहरु रहेका छन्।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी अवलोकनकर्ताहरुको सहभागिता देखिने अपेक्षासहित ५० हजारभन्दा बढी मानिसको अवलोकन गर्ने अनुमान गरिएको छ। यसले चितवनका उद्योगहरुको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...