Skip to main content

Babai News

उपप्रमुख डंगोलको बुद्धिष्ट एजुकेशन भवनको काम तत्काल रोक्न निर्देश ।

Advertisement

काठमाडौं।
काठमाडौं महानगरपालिकाको अनुगमन समितिले वडा नम्बर १५ स्थित किमडोलमा निर्माण भइरहेको धर्मकिर्त विहारको स्वामित्वमा रहेको बुद्धिष्ट

उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अनुगमन समितिको संयोजक टोलीले स्थलगत निरीक्षणमा निर्माण कार्यमा निकै लापरवाही पाइयो। डंगोलले सम्झौता अनुसार काम नगरेको भन्दै भवन निर्माण रोक्न आदेश दिएकी हुन्। सम्झौतामा भवन २०८२ भदौ २२ सम्ममा पूरा गर्नुपर्ने उल्लेख छ, र यसको लागत ५६ लाख ५८ हजार ३ सय ७२ रुपैयाँ (भ्याट बाहेक) तोकिएको थियो।

निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने निर्माण कार्यका क्रममा भर्याङको निर्माणमा समस्या, ढलानको समयमा पानी हाल्ने लगायतका कार्यमा लापरवाही देखिएका कारण डंगोलले निर्माण काम रोक्न निर्देशन दिएकी हुन्।

“यदि सम्झौता अनुसारका सबै काम सुधार नगरिएमा आगामी कार्य शुरू गर्नु अघि पुनः अनुगमन गरिनेछ। त्यसपछि मात्र निर्माण कार्य अघि बढ्न सक्नेछ,” डंगोलले बताइन्। साथै, उनले सम्झौता अनुसारका कार्य नगरेसम्म रकम निकासा नगर्ने स्पष्ट पारिन्।

साथै, निर्माण कार्यका सुपरभिजन गर्ने आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियरले दिएको मौखिक निर्देशनलाई बेवास्ता गरेको पाइएपछि भविष्यमा कुनै पनि कार्यको अगाडि बढ्न स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

यो कदम काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि नियमित अनुगमन गर्ने प्रक्रियाअन्तर्गत लिइएको हो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...