Skip to main content

Babai News

काठमाडौ महानगरको एसइइ परीक्षा केन्द्रमा विद्यार्थीलाइ घर फर्कन सहयोगको सूचना

Advertisement

काठमाडौ।
काठमाडौ महानगरपालिकाले एसइइ परीक्षा केन्द्रबाट घर फर्किन समस्या भएका विद्यार्थिहरूका लागि सहायता प्रदान गर्ने सूचना जारी गरेको छ।

महानगरपालिकाले अभिभावकलाई सूचित गरेको छ कि यदि विद्यार्थीलाई परीक्षा केन्द्रबाट घर फर्कन सवारी साधनको समस्या आइपरेको छ भने, निम्न फोन नम्बरमा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सकिनेछ।

परीक्षामा खटिएका केन्द्राध्यक्ष र शिक्षकहरुलाई पनि विद्यार्थीहरुलाई घर फर्काउन सहजीकरण गर्न र आवश्यक परे आफैँ सुविधा लिन अनुरोध गरिएको छ।

सम्पर्क नम्बरहरु:

बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६

रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, फोन नं. ९८५१०९३१७६

नयाँ बसपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, फोन नं. ९८५१२३३६३३

टेकुतर्फका लागि नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, फोन नं. ९८५१०५६३४६

यसका अतिरिक्त, महानगर प्रहरी बलको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ पनि उपलब्ध छ।

महानगरपालिकाले अभिभावकलाई यस विषयमा जानकारी गराउन अनुरोध गरेको छ र विद्यार्थीलाइ घर फर्काउने प्रक्रियामा सहकार्य गर्ने अपिल गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...