Skip to main content

Babai News

प्रचण्डको ओलीप्रति गम्भीर आशंका, “उहाँ राजावादीसँग मिल्नुहुन्छ भन्ने शंका ?”

Advertisement

काठमाडौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्रवादी नभएको र राजावादीसँग मिलेको भन्ने शंका व्यक्त गरेका छन्। शुक्रबार, काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै दाहालले ओलीको राजनीति र कार्यशैलीप्रति कडा टिप्पणी गरेका छन् ।

दाहालले भने, “उहाँ (केपी शर्मा ओली) राजावादीसँग मिलेको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ। भित्रभित्रै उहाँ मिल्नुभएको छ भन्ने कुराहरू आइरहेका छन्। ” उनले ओलीको ‘बयलगाडा सिद्धान्त’को आलोचना गर्दै, “उहाँले गणतन्त्रको परिभाषा मात्र माओवादी र प्रचण्डसँग जोड्ने काम गर्नुहुन्थ्यो र त्यसलाई कसरी फसाद पार्ने भन्ने कुरा मात्र सोच्नुहुन्थ्यो।”

अध्यक्ष दाहालले ओलीको गतिबिधिलाई तीव्र आलोचना गर्दै थपे, “हिजो पनि कहीँ न कहीँ मिल्न खोज्दै हुनुहुन्थ्यो।” उनले ओलीलाई “बयलगाडा सिद्धान्त”को प्रतिपादक भन्दै, “जतिबेला माधव नेपालजीको नेतृत्वमा गणतान्त्रिक आन्दोलन गर्दै थियो, त्यतिबेला उहाँ बयलगाडा सिद्धान्त प्रतिपादन गर्दै हुनुहुन्थ्यो। गणतन्त्र भन्नेबित्तिकै उहाँले माओवादी र माओवादी भन्नेबित्तिकै प्रचण्ड देख्नुहुन्छ र त्यसलाई कसरी फसाद पार्ने भन्नेतिर मात्रै सोच्नुहुन्छ।” यसैक्रममा उनले ओलीलाई गणतन्त्रको विरोधीको रूपमा चित्रित गरे।

प्रधानमन्त्री ओलीको कार्यशैलीलाई राजावादीहरूसँग मिलेर काम गर्ने प्रचलनको रूपमा व्याख्या गर्दै दाहालले ओलीका कार्यहरूको विरोध गरे। “अहिले पनि उल्टो उल्टो काम गरेर उहाँले राजावादीहरूलाई फाइदा पुर्‍याइरहनुभएको छ,” दाहालले आरोप लगाए।

अन्तमा, कुलमान घिसिङको मामलामा पनि ओलीको उल्टो कार्यशैलीको आलोचना गर्दै दाहालले भने, “हामीले के भनेका छौँ भने सदनमा आएर जवाफ दिनु, चित्त बुझे खुलाउँछौँ अन्यथा खुल्दैन भनेका छौँ तर, दिनेजस्तो छाँटकाँट छैन। यसैले पनि चिजहरू बिग्रिरहेका छन्।”

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...