Skip to main content

Babai News

ओखलढुंगाको मानेभञ्ज्याङमा दुर्घटना, प्रहरीसहित ३ जना घाइते।

Advertisement

ओखलढुंगा ।

Advertisement

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ मा शुक्रबार दिउँसो १२ः३० बजेतिर २ वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन्, जसमा एक जना प्रहरी कर्मचारीसमेत छन्।

दुर्घटनामा ओखलढुंगातर्फ जाँदै गरेको बा ६७ प ७०८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०५१ प २९६७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

घाइते हुनेमा २९६७ नम्बरको मोटरसाइकल चालक भोजपुरको ट्याम्केमयुङ गाउँपालिका वडा नम्बर ७ का ४१ वर्षीय प्रहरी हवल्दार अम्बिका श्रेष्ठ, ७०८७ नम्बरको मोटरसाइकल चालक मानेभञ्ज्याङ वडा नम्बर ५ का २३ वर्षीय कैलाश पुरी र पछाडि सवार १३ वर्षीय बालक योगेश मगर रहेका छन्।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको उपचार मानेभञ्ज्याङस्थित जेम्स मेडिकलमा भइरहेको छ। प्रहरीले दुर्घटनामा “ओभरटेक” गर्दा दुर्घटना भएको जानकारी दिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...