Skip to main content

Babai News

पूर्वराजा माथि हिंसात्मक आन्दोलनमा संलग्नताको आरोप, राहदानी र सेवा सुविधा खोस्ने तयारी।

Advertisement

काठमाडौं।

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र उनका राहदानी रद्द गर्ने तयारी थालेको छ। सरकारले शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक आन्दोलनमा ज्ञानेन्द्रको संलग्नता रहेको आरोप लगाउँदै यो निर्णय लिएको हो।

गृहमन्त्रालयका उच्च अधिकारीहरुका अनुसार ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा यो आन्दोलन भएको र छानबिनपछि विदेश भाग्ने आशंका रहेकोले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।’

मन्त्रिपरिषदको शुक्रबार रातिको बैठकमा यो विषयमा गम्भीर छलफल भएको थियो। छलफलमा हिंसात्मक र आपराधिक गतिविधिमा संलग्नतालाई कडा कारबाही गर्ने र ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउने निर्णयमा विचार गरिएको छ।

प्रहरीले शनिबारदेखि प्रमाण संकलन कार्य थालिसकेको छ। हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूको बारेमा अनुसन्धान भइरहेको छ। केही प्रमुख अपराधको आरोपमा अनुसन्धान शुरु गरिएको छ, जसमा हत्या, ज्यान मार्ने उद्योग, संगठित अपराध र सार्वजनिक उपद्रव समावेश छन्।

ज्ञानेन्द्रसँग सम्बन्धित ‘राजा ल्याउने अभियान’का मुख्य अगुवा दुर्गा प्रसाईंलाई सुरक्षाकर्मी माथि आक्रमण गर्ने र भिडलाई उक्साउने आरोपमा कारबाही गरिने तयारी छ। यस आन्दोलनको कारणबाट ठूलो जनधनको क्षति भएको निजी सम्पत्ति नष्ट भएको छ।

कार्यक्रममा सुरक्षा व्यवस्था असफल भएकाले हिंसा र अराजकता फैलिएको हो। सरकारले अब यस प्रकारको गतिविधिलाई नियन्त्रणमा लिने कडा कदम उठाउने तयारी गरिरहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...