Skip to main content

Babai News

नेकपा एसको मोरङ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा विवाद , निर्वाचन प्रक्रिया सुरु।

Advertisement

मोरङ।
नेकपा एकीकृत समाजवादीको मोरङ जिल्ला अधिवेशनको नेतृत्व चयनमा अलमल आएको छ। विराटनगरको मनास्लु होटेलमा सुरू भएको अधिवेशनको तेस्रो दिनसम्म पनि नेतृत्व चयन गर्न सकिएको छैन।

अध्यक्ष माधवकुमार नेपालको उद्घाटनपछि, नेतृत्व चयनको प्रक्रिया धेरै झमेलामा परेको छ। विशेषगरी, निर्वाचन प्रक्रिया सुरु गर्दा विवाद उठेपछि अध्यक्ष मण्डल नै अधिवेशन स्थलबाट बाहिरिएको थियो। बुधबार दिउँसो, आकांक्षीहरूलाई मात्र बोलाएर नेतृत्वको नाम टाँस गर्ने तयारी गरिएको थियो, तर त्यसको विरोध भएपछि निर्वाचन समितिले मनोनयन फाराम वितरण गरेको हो।

नेतृत्व चयनको बारेमा चर्चामा रहेका प्रमुख नेता संयोजक चन्द्रवीर राई, उपाध्यक्ष उद्धव पोखरेल, दीपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगीले मनोनयन पत्र दर्ता गराएका छन्।

अध्यक्षमा पोखरेल र ढकालबिच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। यसका अलावा, उपाध्यक्ष र सचिवका लागि पनि उम्मेदवारहरूको संख्या धेरै रहेको छ। ४३६ प्रतिनिधिहरूको सहभागी भएको यस अधिवेशनमा, सर्वसम्मत नेतृत्व चयन गर्नको लागि केन्द्रीय नेताहरूको वार्ता जारी रहेको छ।

नेता महेश रेग्मीका अनुसार, “आज साँझसम्म नेतृत्व चयन गरिनेछ,” भनेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...