Skip to main content

Babai News

नेपाली जनताले प्रतिगमन स्वीकार्ने छैनन् : प्रचण्ड ।

Advertisement

बाँके।
बाँकेको नेपालगञ्जमा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान अन्तर्गत आयोजित नागरिक संवाद कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने भनेका छन्।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनें, ” प्रतिगमनले फेरि टाउको उठाउन खोजेको छ, तर नेपाली जनताले यसलाई कुनै हालतमा स्वीकार्ने छैनन्।” उनले जनतामा उत्पन्न भएको निराशा र राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेथिति राजनीतिक दलहरुको कमजोर कार्यशैलीले गर्दा पैदा भएको स्वीकार गरेका हुन् । माओवादी केन्द्रले आफ्ना गल्तीहरू आत्मसमीक्षा गर्दै जनता समस्या बुझ्न र नयाँ तरिकाले समाधानका जुक्तिहरु खोज्न तराई मधेश जागरण अभियान सुरू गरेको बताएका छन्।

प्रचण्डले भने। “हामीले जनताको मनोविज्ञानलाई गम्भीरतासाथ बुझेका छौं र त्यसको आधारमा आफ्नो कार्यशैली सुधार्ने छौं।”

उनले राजावादी शक्तिहरूलाई चेतावनी दिंदै भने, “गणतन्त्रको विकल्प केवल समाजवादी गणतन्त्र मात्र हुनसक्छ। देशलाई पछाडि फर्काउन चाहनेहरू आफै हराउँछन्।”

कार्यक्रममा माओवादीका अन्य नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्नि सापकोटा र पम्फा भुषाललगायतका नेताहरूको सहभागिता रहेको थियो।

समग्रमा, नागरिक संवाद कार्यक्रममा राजनीतिक दलहरूको असक्षमता र कार्यशैलीका कारण जनतामा निराशा वृद्धि भएको र त्यसका कारण अन्य शक्तिहरूले बढि अवसर पाएको विषयमा टिप्पणी गरिएको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...