Skip to main content

Babai News

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल बर्खास्त।

Advertisement

 

बाँके।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। शुक्रवार, संवैधानिक अदालतले सैनिक शासन लागू गर्ने प्रयास गरेको कारण महाभियोगलाई समर्थन गर्दै योललाई पदबाट हटाउने निर्णय लिएको हो। महाभियोगका पक्षमा अदालतका आठै सदस्य एकमत थिए। यस निर्णयपछि, अब दक्षिण कोरियामा ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ।

राष्ट्रपति योलले २०२५ को डिसेम्बर महिनामा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर, संसद्‌मा व्यापक विरोधका कारण दुई घण्टामा उक्त घोषणा फिर्ता लिन बाध्य भएका थिए। त्यसपछि, योलविरुद्ध महाभियोगको प्रक्रिया अगाडि बढाइएको थियो।

महाभियोग प्रक्रिया संवैधानिक अदालतद्वारा सदर भएपछि मात्र योल पदबाट हट्नुपर्ने प्रावधानअनुसार उनलाई पदबाट हटाइएको हो। यसबीचमा, प्रधानमन्त्री हान डक सुलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...