Skip to main content

Babai News

कोलकाता नाइट राइडर्सको शानदार जित, हैदराबादलाई ८० रनले हरायो।

Advertisement

 

बाँके।
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा सनराइजर्स हैदराबादलाई कोलकाता नाइट राइडर्सले ८० रनको फराकिलो अन्तरले हराएको छ। यो हैदराबादको लगातार तेस्रो हार हो, जसले उनीहरूको यात्रा अझै कठिन बनाएको छ।

कोलकाताले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ सय रन बनायो। वेंकटेस अय्यरले २९ बलमा ६० रनको उत्कृष्ट योगदान दिए भने रिंकु सिंहले १७ बलमा ३२ रन बनाए। कप्तान अजिंक्य रहाणे र अंगकृष्ण रघुवंशीबीच ८१ रनको साझेदारीको मद्दतले कोलकाताले २ सय रनको चुनौती प्रस्तुत गर्यो।

जवाफमा, हैदराबाद २ सय १ रनको लक्ष्य पछ्याउँदै १६.४ ओभरमा १ सय २० रनमै समेटियो। हेनरिक क्लासेनले २१ बलमा ३३ रन बनाउँदा कमिन्डु मेन्डिसले २७ रन जोड्दा पनि, हैदराबादका प्रमुख ब्याट्सम्यानहरू छिटो आउट भए। कोलकाताका बलर बैभव अरोरा, वरुण चक्रवर्ती र आन्द्रे रसेलले शानदार प्रदर्शन गर्दै हैदराबादको इनिङ्गलाई समाप्त गरे।

यस जितसँगै कोलकाता तालिकामा ४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ, जबकि हैदराबाद ४ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...