Skip to main content

Babai News

कुलमान घिसिङको दावी, बक्यौता उठाउन दबाबको कारण पदबाट बर्खास्त।

Advertisement

बाँके।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम उठाउन दबाबको कारण आफूलाई पदबाट बर्खास्त गरिएको दावी गरेका छन्। उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, “प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल उठाउने प्रयास नै मेरो पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो।”

घिसिङका अनुसार, बक्यौता नउठाउने विभिन्न दबाब र आग्रहको सामना गर्दा उनले आफ्नो कर्तव्य पूरा गर्दै दबाबलाई अस्वीकार गरे। उनले थपे, “संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले अनुमति दिएन, त्यसैले बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने प्रमुख कारण बन्यो।”

घिसिङले आफ्नो कार्यकालमा मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने र छिमेकी मुलुक भारत र बंगलादेशसँग विद्युत व्यापार विस्तार गर्ने अभियानमा सक्रिय रहेको बताए। तर, उनले भने, “जुलाई महिनामा वर्तमान सरकार र ऊर्जा मन्त्रीको आगमनसँगै अनावश्यक र गैरकानुनी दबाब सिर्जना भएको थियो।”

उनले आरोप लगाउँदै भने, “प्राधिकरणको संस्थागत विकास र उन्नतिका कामहरू प्रभावकारी बनाउन चाहेको हुँदा म माथि सुनियोजित आक्रमण भएको छ।” घिसिङको भनाइ अनुसार, यो दबाब र आक्रमण कुन कारण र कसका लागि गरिएको भन्ने कुरा स्पष्ट छ।

यसअघि, मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...