Skip to main content

Babai News

ज्ञानेन्द्र शाहको बयान किन नलिएको रघुजी पन्तको प्रश्न ।

Advertisement

 

काठमाडौं।
नेकपा (एमाले) का सांसद रघुजी पन्तले काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको बारेमा न्यायिक छानबिन आयोग गठन नगर्नुपर्ने बताएका छन्। आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, “आपराधिक घटनामा सरकारले न्यायिक आयोग गठन गर्न हुँदैन? शान्तिपूर्ण आन्दोलनमा क्षति भए मात्र आयोग गठन गरिनुपर्छ।”

सांसद पन्तले प्रदर्शनको विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहको समेत बयान लिनुपर्ने सवाल उठाएका छन् । उनले भनेका छन् , “श्री ५ भनेर सूचना जारी गर्न लगाउने र त्यसमा संलग्न व्यक्तिलाई किन कारबाही नगरेको?” उनले प्रश्न गरे।

पन्तले राजावादी प्रदर्शनको योजनामा दुर्गा प्रसाईंको संलग्नता रहेको आरोप पनि लगाए र उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे। उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भने, “तोडफोड र आगजनीको सम्भावना थियो भन्ने जानकारी भएको अवस्थामा दुई फरक प्रदर्शन एकै दिन गर्न दिने निर्णय किन गरियो?”

चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा दुईजनाको ज्यान गएको थियो, जब राजावादी प्रदर्शन शान्तिपूर्ण नभइ हिंसात्मक बन्यो। यसै दिन, काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले शान्तिपूर्ण प्रदर्शन गरेको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...