Skip to main content

Babai News

रविलाई पुर्‍याइयो भैरहवा, अदालतमा सोमबार उपस्थित गराइने।

Advertisement

बाँके।
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्‍याइएको छ। आफनो निवास काठमाडौँबाट शुक्रबार राति पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा लगिएको हो। यती एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थलमा उनको अवतरण भएको थियो।

अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ र विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लगिएको छ। आज र भोलि सार्वजनिक बिदा भएकाले उनलाई सोमबार मात्रै रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

शुक्रवार, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीले उक्त आदेश गरेका थिए। जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर गरेपछि उच्च अदालतको आदेश अनुसार लामिछानेलाई पक्राउ गरिएको हो।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा, लामिछानेलाई एक करोड धरौटी रकम मागिएको थियो। धरौटीमा छोड्ने आदेशसँग असहमत भई उनले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले थुनामा राख्नको लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीको आदेश खण्डन गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...