Skip to main content

Babai News

लागूऔषध विरुद्ध महाअभियान: काठमाडौंमा सचेतनामूलक कार्यक्रम सम्पन्न।

Advertisement

काठमाडौं।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशले संयुक्त रुपमा ‘औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण’ विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पुलिस क्लब, भृकुटी मण्डपमा आयोजित यस कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले लागूऔषध दुर्व्यसनको निराकरणका लागि समाजका सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेको उल्लेख गर्दै, भविष्यमा अन्य संस्थासँग समेत सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। उहाँले यसका लागि प्रहरीको एकल प्रयास पर्याप्त नहुने र सबैको एकतासहित मात्र यो समस्याको समाधान सम्भव हुने बताउनुभयो।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बीच लागूऔषध विरूद्ध आपसी सहयोग र समन्वय सम्बन्धी समझदारीपत्र आदानप्रदान गरिएको थियो।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, वरिष्ठ हृदय रोग विशेषज्ञ डा. ओम मूर्ति अनिल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू र कानूनी प्रावधानको बारेमा प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक, नेपाल औषधि व्यवसायी संघका अध्यक्षहरू र प्रतिनिधिहरू, औषधि व्यवसायीहरू र प्रहरी अधिकारीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...