Skip to main content

Babai News

नेपाली राजदूत र भारतीय विदेशमन्त्रीबीच भेट, पहलगाम घटनाप्रति समवेदना र द्विपक्षीय सम्बन्धबारे छलफल।

Advertisement

बाँके।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेट गरेका छन्। उक्त भेटमा हालै जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना प्रकट गरिएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, “नेपाली राजदूत शर्मासँग भेट भएको बताएका छन् । पहलगाम आक्रमणमा एक नेपाली नागरिकको निधन भएकोप्रति उनले समवेदना व्यक्त गरेका हुन । साथै, उनले भनेका छन् , `हाम्रा द्विपक्षीय सम्बन्धमा भएका पछिल्ला विकासहरूबारे पनि छलफल भयो ।”

राजदूत शर्माले पनि आफूले उक्त भेटमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट भारत सरकार र भारतीय जनताप्रति समवेदना प्रकट गरेको जानकारी दिए। उनले भने “मैले पहलगाम घटनाको विरुद्धमा नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता रहेको जानकारी गराएँ। साथै, प्रधानमन्त्री, परराष्ट्र मन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूद्वारा प्रकट गरिएको समवेदना तथा ऐक्यबद्धताबारे पनि जानकारी गराएँ।”

उनले जयशंकरसँग द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको पनि बताए। “यसबीचमा दुई देशका विदेशमन्त्रीहरूबीच पटक–पटक भेटघाट भइरहेको छ। ती भेटमा उठाइएका विषयहरूबारे छलफल भएको हो,” राजदूत शर्माले बताए।

नेपाल–भारत सम्बन्धमा हालै भएका सकारात्मक गतिविधिहरू र सहकार्यका क्षेत्रमा भइरहेका प्रयासहरूलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भए

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...