Babai News

शुक्रवारसम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने : हावाहुरी र पानी पर्ने सम्भावना

Advertisement
Advertisement

काठमाण्डौ : अबका तीन दिन पर्सि शुक्रवारसम्म नै देशका धेरैजसो ठाउँमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

तराई क्षेत्रमा हावाहुरी र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । यो क्रम तीन दिनसम्म नै रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । अहिले कोशी प्रदेशका थोरै ठाउँहरूमा चट्याङसहित हल्का पानी परिरहेको छ ।

तराई क्षेत्रमा हावाहुरीले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ...