Skip to main content

Babai News

भारतले केही घण्टामा आक्रमण गर्ने सूचना पाएको पाकिस्तानी मन्त्रीको दाबी

Advertisement

काठमाडौं । भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले थप सैन्य कारबाहीको योजना बनाइरहेको पाकिस्तानले आरोप लगाएको छ ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले रोयर्टससँगको अन्तर्वार्तामा कुनै पनि बेला ठूलो कदम भारतले चाल्न सक्ने भएकाले आफ्नो सेना तयारी अवस्थामा राखिएको बताएको बीबीसीले जनाएको छ । उहाँले केही रणनीतिक निर्णयहरू गरिएको समेत दाबी गर्नुभएको छ ।

यी सबैको बीचमा प्रश्न उठिरहेको छ कि के भारत र पाकिस्तान युद्धको नजिक उभिएका छन् र के भारतले आगामी केही दिनमा पाकिस्तानमाथि कुनै प्रकारको कारबाही गर्न सक्छ ?

यस्तै संकेत पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो पछिल्लो बयानमा दिएका छन् । त्यसपछि बुधबार बिहान पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले एक बयान जारी गर्दै भारतले आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि आक्रमण गर्न सक्ने बताएका छन् । भारतको सम्भावित आक्रमणबारे बयान बुधबार बिहान आएको हो । तरारले आफ्नो एक्स खातामा एक भिडियो पोस्ट गरेको छ ।

पाकिस्तानले चीन, अमेरिका र बेलायतलगायतसँग सम्पर्क गरेर स्थिति नियन्त्रण गर्न सहयोग मागेको छ  ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...