Skip to main content

Babai News

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना, दुई पत्रकारको हत्या।

Advertisement

काठमाडौं।
नेपालमा पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन्। नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइले दिएको विवरण अनुसार २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्मका घटनामा १ सय ५१ जना पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणको शिकार भएका हुन्।

महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको छ। यस्तै, पेशागत असुरक्षासम्बन्धी १६ वटा घटनासमेत अभिलेख भएका छन्।

महासङ्घले शनिबार, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गर्दै पत्रकारहरूमाथि धम्की, धरपकड, दुव्र्यवहार र हिंसात्मक घटनाहरू लोकतन्त्रमाथिकै गम्भीर प्रहार भएको जनाएको छ।

विशेषगरी गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि भएको आगजनी र आक्रमण, शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार सविना कार्कीमाथिको ज्यादती, र घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकार प्रमुखबाटै भएको धम्की र मानसिक यातनालाई महासङ्घले निन्दनीय बताएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा मनाइँदै आएको छ। यस दिवसको सुरुवात सन् १९९१ मा नामिबियाको विन्डहोकमा भएको पत्रकार सम्मेलनपछि गरिएको घोषणा–पत्रसँग सम्बन्धित छ, जसलाई युनेस्को र संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेका थिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...