Skip to main content

Babai News

चितवनको विजयी सुरुवात, टाइब्रेकरमा मकवानपुरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश।

Advertisement

हेटौंडा।
हेटौंडामा सुरु भएको मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ। शुक्रबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चितवनले प्रतियोगितामा सेमिफाइनल स्थान सुरक्षित गरेको हो।

निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट तय गरिएको थियो। चितवनको तर्फबाट अनिता गुरुङले खेलको दोस्रो हाफको १० औं मिनेटमा गोल गरेकी थिइन् भने मकवानपुरका लागि सजिना स्याङ्तनले अतिरिक्त समयको ६३ औं मिनेटमा बराबरी गोल फर्काइन्।

टाइब्रेकरमा चितवनका भावना क्षेत्री, अस्मिता चौधरी, सुशिला भुजेल, चण्डिका राना र सिर्जना अधिकारीले गोल गरे। मकवानपुरका लागि सजिना कोइराला, सजिना स्याङ्तन र सुनिता भुलनले गोल गरे पनि अनु राईको प्रहार बाहिरिएपछि मकवानपुर प्रतियोगिताबाट बाहिरिएको छ।

खेलकी ‘प्लेयर अफ द म्याच’ चितवनकी अनिता गुरुङ घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।

अब चितवनले बैशाख २३ गते नेपाल पुलिस क्लब र रौतहटबीचको विजेता टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले गर्नुभयो। प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा क्लबसहित पाँचवटा जिल्ला टिमहरूको सहभागिता रहेको छ।

विजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...