Skip to main content

Babai News

आईसीसी वरीयतामा भारतको ह्वाइट बल क्रिकेटमा दबदबा, टेस्टमा अस्ट्रेलिया अगाडी

Advertisement

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वरीयता अपडेट गरेको छ । यसमा, भारतले ह्वाइट बल क्रिकेटमा आफ्नो प्रभुत्व कायम राखेको छ भने अष्ट्रेलियाले टेस्ट वरीयतामा शीर्ष स्थान कायम राखेको छ ।च्याम्पियन्स ट्रफीमा भारतलाई जितको फाइदा पछिल्लो वरीयतामा मे २०२४ देखि खेलिएका सबै खेलहरूको दर १०० प्रतिशत र त्यसभन्दा अघिका दुई वर्षहरूमा ५० प्रतिशत रहेको छ । २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको भारतले एकदिवसीय वरीयतामा च्याम्पियन्स ट्रफी जित्ने फाइदा पाएको छ । यसले उनको रेटिङ अङ्क १२२ बाट बढेर १२४ पुगेको छ । यसैबीच, च्याम्पियन्स ट्रफीको उपविजेता न्युजिल्यान्डले अष्ट्रेलियालाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ भने अस्ट्रेलिया कंगारुहरू तेस्रो स्थानमा झरेको छ ।श्रीलंकाले पछिल्ला महिनाहरूमा घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको छ । यसमा भारत र अष्ट्रेलिया विरुद्धको एकदिवसीय शृङ्खला जित पनि समावेश छ । योसँगै श्रीलंकाले पाँच रेटिङ अंक बढाएर चौथो स्थानमा पुगेको छ । त्यस्तै पाकिस्तान पाँचौं र दक्षिण अफ्रिका छैटौं स्थानमा रहेको छ । त्यस्तै अफगानिस्तान सातौं स्थानमा उक्लिएको छ भने पूर्व विश्व च्याम्पियन इङ्ल्यान्ड आठौं स्थानमा झरेको छ । त्यस्तै वेस्ट इन्डिज नवौं स्थानमा उक्लिएको छ भने बंगलादेश १०औं स्थानमा झरेको छ ।त्यस्तै एकदिवसीय खेलमा नेपाल १८औं स्थानमा रहेको छ । एसोसियटस देशमा सबैभन्दा अगाडी स्कटल्याण्ड १२औ स्थानमा रहेको छ । त्यसैगरी डिफेन्डिङ विश्व च्याम्पियन भारत टी-२० मा शीर्ष स्थानमा कायमै छ, दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । पहिलो पटक, वार्षिक अपडेटमा विश्वव्यापी टी-२० वरीयतामा १०० देश समावेश गरिएको छ । यो सूचीमा पछिल्ला तीन वर्षमा कम्तिमा आठ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका सबै टोलीहरू समावेश छन् । इङ्ग्ल्याण्ड तेस्रो स्थानमा छ भने न्युजिल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् । यसपछि श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, आयरल्याण्ड र जिम्बाब्वे रहेका छन् । त्यस्तै नेपाल टी-२० वरियतामा पनि नेपाल १८औं स्थानमा मै रहेको छ । अस्ट्रेलियाले टेस्ट टोली वरीयतामा आफ्नो शीर्ष स्थान कायम राखेको छ । अस्ट्रेलियाको १२६ रेटिङ अंक छ। बेन स्टोक्सको नेतृत्वमा रहेको इङ्ग्ल्याण्डको टोलीले दक्षिण अफ्रिका र भारत दुवैलाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । दक्षिण अफ्रिका र भारत क्रमशः एक-एक स्थान झरेर तेस्रो र चौथो स्थानमा पुगेका छन् । त्यसपछि न्युजिल्याण्ड, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश र जिम्बाब्वे छन्। टेस्ट तालिकामा हाल केवल १० टोलीहरू समावेश छन् । वरियतामा पुग्न आयरल्याण्डले आगामी १२ महिनामा थप एक टेस्ट खेल्नुपर्नेछ भने अफगानिस्तानले सूचीमा सामेल हुन थप तीन खेल खेल्नुपर्नेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...