Skip to main content

Babai News

धनराज गुरुङले दिए राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका हुन् । गुरुङले राजसंस्थालाई २०६२-०६३ को जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताउदै अहिले सिनो बोकेर हिँड्नेको काँध गन्हाउने टिप्पणी गरे ।उनले भने- ‘मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा हामी पनि फेरि लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै हो कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई लागेको छ । मरिसकेको बाघको सिनो बोकेर आउनेको काँघ त गन्हाउँछ नै । तर, हामीले सिनोलाई लात्तले हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि त । त्यसैले यतापटी ध्यान दिएर आफ्नै खुट्टालाई दुर्गन्धित बनाउनतिर हामी लाग्न हुँदैन । कर्म, व्यहार, दृष्टिकोण र उद्देश्य र गन्तव्यले यो व्यवस्थालाई सुदृढ गर्दै लाने हो ।’

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...