Skip to main content

Babai News

दुर्घटनामा गम्भीर घाइते पवनदीपको स्वास्थ्य अपडेट, आइसीयुमा उपचार हुदै

Advertisement

काठमाडौँ । इन्डियन आइडल सिजन १२ का बिजेता गायक पवनदीप राजनको भयानक कार दुर्घटनामा परेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पवनदीपको स्वास्थ्य बारे नयाँ अपडेट आएको छ ।मंगलबार बिहान, उनको टोलीले उनको स्वास्थ्यको बारेमा जानकारी दिँदै आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा पवनदीपलाई धेरै गम्भीर चोटपटक लागेको, जसमध्ये केही फ्र्याक्चरको शल्यक्रिया गरिएको छ, जबकि बाँकी चोटपटकको उपचार आगामी केही दिनमा गरिने उल्लेख छ । उनकी बहिनीले पनि फ्यानहरूलाई पवनदीपको फोटो वा भिडियो सेयर नगर्न र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्न भावनात्मक अपील गरेकी छिन् ।पवनदीपको टोलीले एक विज्ञप्तिमा भनेको छ, ‘पवनदीपलाई धेरै गम्भीर फ्र्याक्चर र केही सामान्य चोटपटक लागेको छ । दुर्घटना पछिको दिन उनको परिवार र शुभचिन्तकहरूका लागि धेरै कठिन थियो। उनी दिनभरि अत्यधिक पीडामा र बेहोस थिए । धेरै जाँच र परीक्षण पछि, उनलाई सोमबार साँझ ७ बजे अपरेशन थिएटरमा लगिएको थियो । छ घण्टाको शल्यक्रिया पछि, उनका केही प्रमुख फ्र्याक्चरहरूको सफलतापूर्वक उपचार गरिएको छ । हाल पवनदीप मेडिकल आईसीयूमा डाक्टरहरूको निगरानीमा छन् । तीन-चार दिनको आरामपछि उनको बाँकी चोटपटक र फ्र्याक्चरको शल्यक्रिया मार्फत उपचार गरिने छ ।’रिपोर्टका अनुसार पवनदीप चढेको कार चम्पावतबाट दिल्ली आउँदैगर्दा उत्तरप्रदेशको अमरोहामा दुर्घटनामा परेको हो । राजमार्गमा रोकिएको क्यान्टरमा पछाडिबाट कार ठोक्किएको प्रहरीले बताएको रिपोर्टमा उल्लेख छ ।अहिले उनको नोयडास्थित फोर्टिस अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...