Skip to main content

Babai News

जनमतसँग छिट्टै एकता गर्छौं- रञ्जिता श्रेष्ठ

Advertisement

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै एकता हुने प्रतिक्रिया दिएकी छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै अध्यक्ष श्रेष्ठले स्थगित भएको एकता प्रक्रिया छिट्टै टुंगाउने बताएकी हुन् ।

उनले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको व्यवस्तताको कारण एकता घोषणाको नयाँ मिति सार्वजनिक नभएको स्पष्टीकरण दिएकी छन् ।

साथै श्रेष्ठले रेशम चौधरीको गैरकानुनी गिरफ्तारीको बारेमा गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिइसकेको भन्दै उनले अहिले सरकार छाड्ने र समर्थन फिर्ता नलिने बताएकी छन् ।

यहि बैशाख १७ गते काठमाडौँको प्रज्ञा भवनमा एकताको कार्यक्रम शुरु हुनु अघि रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि एकता प्रकृया रोकिएको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...