Skip to main content

Babai News

नेपाली बजारमा होम एप्लायन्सेस ब्राण्ड ‘नोबेल’ को प्रवेश

Advertisement

काठमाडौँ । नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचारिक सुरुवात गरेको हो ।

Advertisement

युएईको दुबईबाट शुरु भएको नोबेल ३५ वर्षभन्दा बढीको नवप्रवर्तनको इतिहास सहित विशेष गरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ ।

२५० भन्दा बढी प्रकारका उत्पादन सहित नोबेल ब्रान्ड २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्ताहरूलाई गुणस्तर र भरपर्दो सेवा दिँदै नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।

‘परिवारलाई एकसाथ ल्याउने’ नारा रहेको नोबेलले सधैँ गुणस्तरीय, भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिएको छ । युरोप, चीन, भारत, टर्की लगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गर्ने गरेको ब्रान्डले भरपर्दो र अत्याधुनिक उत्पादनहरू प्रस्तुत गर्दै आइरहेको छ ।

उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पुरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिकी महाप्रबन्धक सज्जिता कार्कीले जानकारी दिइन् ।

उनले भनिन्- ‘हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेस मार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ ।’

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...