Skip to main content

Babai News

आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालको समर्थन र ऐक्यबध्दता

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मू कश्मिरको हिंसात्मक, आतङ्कवादी र मानवताविरोधी घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । विज्ञप्ति जारी गर्दैै जसपा नेपालले क्रुर र बर्बर आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालले समर्थन र ऐक्यबध्दतासमेत व्यक्त गरेको छ ।

आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता नहुने बताउँदै जसपा नेपालले आफूहरुलाई आतङ्कवादको कुनै पनि रूप स्वीकार नरहेको बताएको छ । विकसित घटनाक्रमले हाल दक्षिण एशियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले सम्पूर्ण क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा नकारात्मक असर पार्ने खतरा देखिएको भन्दै जसपा नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

जसपा नेपालले समस्त दक्षिण एशियाली मुलुकहरूलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरेको छ । जसपा नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहँदै आएको र दिनहरूमा पनि यस्तै मान्यताकासाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

आतङ्कवादीहरूले २२ अप्रिल २०२५ का दिन भारतको जम्मु कश्मिरस्थित पहलगाममा नेपाली नागरिक सुदिप न्यौपानेसहित कम्तिमा २६ जना पर्यटकको हत्या गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...