Babai News

बहराइनमाथि नेपालको ९ विकेटको जित

Advertisement
काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ ।

बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा कविता कुँवरले १८, सम्झना खड्काले अविजित १८ रन बनाएकी थिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउदै ४१ रन बनाएको हो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्बाधिक ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर पुजा महतोले एक विकेट लिएकी थिइन् ।

बैंककमा सम्पन्न यो खेल बर्षाले प्रभावित भएपछि ५-५ ओभर खेलाइएको थियो । यस खेलमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी थिइन् ।

यो जितपछि नेपालको समुह सी मा २ खेलमा ३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । यस अघि शुक्रबार  हङकङ चाइनाविरुद्ध खेल बर्षाले हुन नसकेपछि रद्ध भएपछि नेपालले एक अंक पाएको थियो ।

अब नेपालले अर्को खेल मे १३ मा फेरी हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समुहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने छन् ।

एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...