Skip to main content

Babai News

बहराइनमाथि नेपालको ९ विकेटको जित

Advertisement
काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ ।
Advertisement

बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा कविता कुँवरले १८, सम्झना खड्काले अविजित १८ रन बनाएकी थिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउदै ४१ रन बनाएको हो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्बाधिक ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर पुजा महतोले एक विकेट लिएकी थिइन् ।

बैंककमा सम्पन्न यो खेल बर्षाले प्रभावित भएपछि ५-५ ओभर खेलाइएको थियो । यस खेलमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी थिइन् ।

यो जितपछि नेपालको समुह सी मा २ खेलमा ३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । यस अघि शुक्रबार  हङकङ चाइनाविरुद्ध खेल बर्षाले हुन नसकेपछि रद्ध भएपछि नेपालले एक अंक पाएको थियो ।

अब नेपालले अर्को खेल मे १३ मा फेरी हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समुहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने छन् ।

एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...