Skip to main content

Babai News

भारतले भन्यो- पाकिस्तानले लडाकु विमान, ड्रोन र मिसाइल हमला गरिरहेको छ, हामी तनाव चाहदैनौं

Advertisement

काठमाडौँ । भारतले पाकिस्तानसँग जारी युद्ध बारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

Advertisement

पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले पाकिस्तानले द्वन्द्वलाई उक्साउने र बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । भारतले पाकिस्तानको कारबाहीको जवाफ दिइरहेको बताउदै सचिव मिश्रीले पाकिस्तानले भ्रम फैलाउन गलत सुचना दिइरहेको आरोप समेत लगाएका छन् । पाकिस्तानले भारतको वायुरक्षा प्रणाली एस-४०० ध्वस्त गरेको भन्ने झुटो सुचना फैलाएको बताउदै यस्ता गलत सूचनाको विश्वास नगर्न मिश्रीले अनुरोध गरेका छन् ।

भारत र पाकिस्तानबीच जारी द्वन्द्व जारी रहेका बेला शुक्रबार राति जम्मू कश्मीर, पञ्जाब र राजस्थानदेखि गुजरातसम्मका २६ क्षेत्रमा ड्रोन आक्रमण सुरु गरेको जानकारी दिइएको छ । पञ्जाबको फिरोजपुरमा ड्रोनका कारण लगभग २५ वटा विस्फोट भएको र यसमा एकै परिवारका तीन जना घाइते भएका छन् । भारतीय सैन्य बलले आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरेर धेरै आक्रमणहरूलाई विफल पारेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा लडाकु विमान, लामो दूरीको हतियार र ड्रोनले आक्रमण गरेको जानकारी दिएकी छन् । पाकिस्तानले बिहान पञ्जाबको एयरबेस स्टेशनमा हाई स्पीड मिसाइल प्रयोग गरेर आक्रमण गर्ने प्रयास गरेको उनले बताइन । पाकिस्तानले नागरिकलाई निशाना बनाएर आक्रमण गरेको आरोप लगाउदै पाकिस्तानले भारतका सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्ने प्रयास गरेपछि, भारतले पाकिस्तानको हतियार डिपो र सैन्य प्रतिष्ठानहरूमा प्रहार गरेर जवाफी कारबाही गरेको उनले बताइन् ।

पत्रकार सम्मेलनमा उनले भारतीय सशस्त्र बल पूर्ण रूपमा तयार रहेको जानकारी दिदै भारतीय सशस्त्र सेना द्वन्द्व बढाउन नचाहेको स्पष्ट गर्दै पाकिस्तानले पनि यस्तै चाहने विश्वास व्यक्त गरेकी छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...