Skip to main content

Babai News

सरकारको स्थायित्वको आधार तयार भएपछि प्रचण्डमा पीडा र छटपटी बढेको देखियो- महासचिव पोखरेल

Advertisement

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सरकारको स्थायित्व बढेपछि पीडा र छटपटी बढेको बताएका छन् ।

Advertisement

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सरकारको स्थायित्वको आधार तयार भएपछि प्रचण्डमा पीडा र छटपटी बढेको देखिएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-   

प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ? यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छः तपाई प्रधानमन्त्री हुदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । विदेशी मुद्राको संचिति वढेको छ । सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ । निर्माण व्यावसायिलाई काम वापतको तपाईको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ । निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको छ । जस्तो पोखरा -मुग्लिन सडक, गैडाकोट- वुटवल सडक आदी । भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ । वैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

कानून निर्माणको कामले तिव्रता पाएको छ । कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको छ । क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ । भूमि समस्याको समाधानको प्रकृया अघि वढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...