Skip to main content

Babai News

युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता शुरु गर्ने पुटिनको प्रस्ताव

Advertisement

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन् । उनले यो कुराकानी मे १५ बाट सुरु हुने बताएका छन् ।

Advertisement

शनिबार अबेर राति टेलिभिजन सम्बोधनमार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने- ‘हामी चाहन्छौं कि वार्ता गम्भीर होस् ताकि हामी यस युद्धको जरासम्म पुग्न सकौं र बलियो र दिगो शान्ति स्थापना गर्न सकौं ।’

शनिबार बेलायती प्रधानमन्त्री केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको भ्रमण गरेपछि उनको भनाइ आएको हो ।

यस भ्रमणको क्रममा दुवै नेताले रुससँग ३० दिनको निःशर्त युद्धविरामको माग गरेका थिए । रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे विचार गर्ने बताउदै दबाब नदिन चेतावनी दिएका थिए ।

पुटिनले टर्कीको इस्तानबुल शहरमा गर्न चाहेको यी वार्ताहरूले नयाँ युद्धविराम वा सम्झौतामा पुर्‍याउन सक्ने सम्भावनालाई अस्वीकार नगर्ने बताए ।

उनले आइतबार यस विषयमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग विस्तृत रूपमा कुरा गर्ने बताए । युक्रेनले अहिलेसम्म यो वार्ताको निमन्त्रणाको जवाफ दिएको छैन ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...