Skip to main content

Babai News

फिल्म ‘वार २’ को तेलुगु संस्करणप्रति निर्माताको होडबाजी

Advertisement

काठमाडौँ । बलिवुड फिल्म ‘वार २’  एक एक्सन थ्रिलर फिल्म हो, जसमा ऋतिक रोशन र जुनियर एनटीआर पहिलो पटक सँगै देखिदैछन् । धेरै टलिउड निर्माताहरूको नजर यस फिल्मको तेलुगु संस्करणको बारेमा जानकारी बाहिर आएको छ ।

मिडिया रिपोर्ट अनुसार, ऋतिक रोशन र एनटीआर अभिनित फिल्म ‘वार २’ को तेलुगु संस्करणको लागि ठूलो सम्झौता गरिएको छ । यो फिल्म २०१९ को सुपरहिट स्पाई थ्रिलर ‘वार’ को सिक्वेल हो । ऋतिकले ‘रअ’ एजेन्ट मेजर कबीर धालीवालको भूमिका पुन: निर्वाह गर्नेछन् भने एनटीआर खलनायकको भूमिकामा देखिनेछन् । पहिलो फिल्मको सफलतापछि, वार २ लाई लिएर फ्यानहरूमा ठूलो उत्साह छ। यसको तेलुगु अधिकारको मूल्य ८५ देखि १२० करोड रुपैयाँको बीचमा रहेको बताइएको छ । यसैबीच, ठूला टलिउड निर्माता नागा वाम्सी र सुनील नारंगले यी अधिकारहरू प्राप्त गर्ने प्रयास गरिरहेका छन् ।

फिल्म ‘वार २’ मा ऋतिक रोशन र जुनियर एनटीआर बाहेक बलिउड अभिनेत्री कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछिन् ।

यशराज फिल्म्सको ब्यानरमा आदित्य चोपडाद्वारा निर्मित यो फिल्म स्वतन्त्रता दिवस, अगस्ट १४, २०२५ मा रिलिज हुनेछ । फिल्मको कुल निर्माण बजेट २५० करोडभन्दा बढी रहेको बताइएको छ ।

२०१९ मा रिलिज भएको फिल्म वार ७५ करोडमा निर्माण गरिएको थियो र यसले विश्वभर ३२५ करोड कमाई गरेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...